Nepal Life

एसियन लाईफको ७.७९ प्रतिशत बोनस शेयर घोषणा, न्युनतम पूँजी जुटाउन ४८ प्रतिशत हकप्रद आवश्यक

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 10:44
एसियन लाईफको ७.७९ प्रतिशत बोनस शेयर घोषणा, न्युनतम पूँजी जुटाउन ४८ प्रतिशत हकप्रद आवश्यक
Sanima Reliance

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४०७९ प्रतिशत नगद सहित कुल ८.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

NIMB

प्रस्तुत लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै आगामी बस्ने साधारणसभामा पेश गर्ने छ । साधारणसभाले लाभांश पारित गरे पछि मात्रै शेयरधनीले पाउने छन् । हाल एशियन लाइफको चुक्ता पूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन अझै एक अर्ब ६० करोड आवश्यक पर्नेछ । कम्पनीले शेयरधनीहरु सँग ४८ प्रतिशत हकप्रद शेयर आह्वान गर्नु पर्ने देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया