Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, माघ २१ गतेसम्म शेयर किन्नेले लाभांश पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 11:57
यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, माघ २१ गतेसम्म शेयर किन्नेले लाभांश पाउने
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आगामी फागुन ६ गते ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

NIMB

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ९० करोड ४५ लाख ६८ हजारको १०.२६१२ प्रतिशतले हुन आउने १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशतले हुन आउने एक करोड दुई लाख ५८ हजार आठ सय ९४ रुपैयाँ लाभांश प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ । साधारणसभा प्रयोजनार्थ माघ २२ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया