Nepal Life

सिटिजन लाइफको ७ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित गर्नुका साथै दुई सञ्चालक निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 18:36
सिटिजन लाइफको ७ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित गर्नुका साथै दुई सञ्चालक निर्वाचित
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश सर्वसम्मत रुपमा पारित गरेको छ । 

 

NIMB

आजै सम्पन्न भएको साधारणसभाले सर्वसाधारण समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालकको निर्वाचन पनि सम्पन्न गरि पारित गरेको छ । सर्वाधारण शेयरधनीहरुको तर्फबाट दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । 

सिटिजन लाइफले जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला वार्षिक साधारणसभा सम्पन्न गरेको हो । यसै वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेकाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट पनि दुई जनाले सञ्चालक समितिमा प्रतिनिधित्व जनाएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया