Nepal Life

सगरमाथा लुम्बिनीको म्यानेजर मिट तथा अर्धवार्षिक समिक्षा सम्पन्न, व्यवसायिक रणनीति तयार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 19:03
सगरमाथा लुम्बिनीको म्यानेजर मिट तथा अर्धवार्षिक समिक्षा सम्पन्न, व्यवसायिक रणनीति तयार
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तहको छलफल तथा अर्थवार्षिक समिक्षा सम्पन्न भएको छ ।  कम्पनीले प्रादेशिक प्रमुख तथा उच्च व्यवस्थापत तहका कर्मचारीहरु विच पहिलो ६ महिनाको उपलब्धी तथा व्यवसायिक रणनीतिका विषयमा बृहत छलफल भएको छ ।

 

NIMB

सहभागीहरु विच विगतको छ महिनामा कम्पनीले हासिल गरेका उपलब्धी र समग्र आर्थिक अवस्थाको विषयमा अन्तर्क्रिया गरेका थिए । सम्पुर्ण विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरु सबैले आ-आफ्नो प्रस्तुती दिएका थिए ।  कम्पनीले समिक्षा अवधिमा स्थानीय सरकारहरु सँग गरेका समन्वय, पहुँच विस्तार, बैंकास्योरेन्स, कस्टुमर सर्भिज लगायतका विषयमा बृहत छलफल भएको कम्पनीले जनाएको छ ।

सरकारले लिएका नीतिका कारण पछिल्ला दिनमा आयात २० प्रतिशत घटेको छ । आयातमा गिरावट सँगै निर्जीवन बीमा व्यवसाय पनि खुम्चिएको सहभागीहरुले जनाएका छन् । यसका साथै भौतिक पूर्वाधारको निर्माणमा भइरहेको कमिले पनि निर्जीवन बीमा व्यवासयमा नराम्रो असर पुर्याएको कम्पनीको विश्लेषण छ ।

यति हुँदा हुँदै पनि कम्पनीले दाबी भुक्तानीमा प्राथमिकता दिएको छ । सूचना तथा सफ्टवेयर प्रणालीमा भएका सुधारका कार्यलाई सकारात्मक रुपमा लिइनु पर्ने सहभागीहरुले बताए । कम्पनीले निर्जीवन बीमा क्षेत्रमा आफ्नो उत्कृष्ट प्रस्तुतीका लागि अथक प्रयास गरिरहेको छ ।

कम्पनीले दोस्रो त्रैमाशिक अवधिसम्ममा २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एक लाख ४८ हजार ९२ वटा पोलिसी जारी भएको कम्पनीले जनाएको छ । पुस एक महिनामा मात्रै ३४ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २५ हजार ३९९ वटा पोलिसी जारी गरेको छ ।

पुस महिनामा लघु बीमालेख तर्फ भने कम्पनीले खासै ध्यान दिएको छैन । यस महिनामा ४६ वटा मात्रै पोलिसी जारी गरि एक लाख ७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले लघु बीमा भन्दा पनि मोटर बीमा, सम्पत्ती बीमा, हवाइ बीमामा सबैभन्दा बढि हिस्सा ओगट्दै आएको छ । आजका दिनमा सगरमाथाको हवाइ बीमामा १७ प्रतिशत, मोटरमा १५ प्रतिशत, सम्पत्ती बीमामा १३ प्रतिशत हिस्सा रहेको छ । समग्र बजारमा कम्पनीको हिस्सा १३ प्रतिशत रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहभागीहरुलाई हौसला प्रदान गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया