गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो
- BFIS News
 - 2024 Jan 28 21:14
 
                    
काठमाडौँ । गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।
रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेकी छैनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छिन् ।

                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया