Nepal Life

सानिमा रिलायन्स लाईफको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Sun 21:28
सानिमा रिलायन्स लाईफको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । 

NIMB

कम्पनीको माघ ११  गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो । 

कम्पनीका नवनियुक्त अध्यक्ष केडियाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले पद तथा गोपनियताको शपथ ग्रहण गरे सँगै आजै पदभार समेत ग्रहण गरेका छन् । उनले नव निर्वाचित अन्य सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया