Nepal Life

यथार्थ प्रोभिजनिङ नगरेको भन्दै तीन बाणिज्य बैंकलाई राष्ट्र बैंकले गरायो सचेत, गलत रिपोर्टिङ नगर्नु

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 18:05
यथार्थ प्रोभिजनिङ नगरेको भन्दै तीन बाणिज्य बैंकलाई राष्ट्र बैंकले गरायो सचेत, गलत रिपोर्टिङ नगर्नु
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन बाणिज्य बैंक र तीन वटा विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउनुका साथै कारबाही गरेको छ । राष्ट्र बैंकले आ.व. २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंक तथा विकास बैकका अध्यक्ष, सञ्चालक र प्रमख कार्यकारी अधिकृतलाई कारोबार गरेको हो ।

NIMB

राष्ट्र बैंकबाट “क”, “ख” र “ग”वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं.१५/०७९ को बुँदा नं. ३(८) को व्यवस्था विपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिईएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको र आ.व. २०७९/८० मा पुनःनिर्देशन विपरीत प्रिमियम दर बढाईएको, सोही एकीकृत निर्देशनको निर्देशन नं. २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय संचालनमा नरहेको, लिलामी प्रकृयामा रहेको, D/E Ratio नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं.२/०७९ को बुँदा नं.८(५) को व्यवस्था विपरीत पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा निष्कृय कर्जाहरुको समेत पुनरतालिकीकरण/पुनरसंरचना गरी उक्त कर्जाहरुलाई सक्रिय कर्जामा वर्गिकरण गरेको पाईएकोले ग्लोबल आई.एम.ई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम नसिहत दिईएको राष्ट्र बैकले जनाएको छ ।

त्यस्तै प्रभु बैकलाई पनि राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. २/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, सोही एकीकृत निर्देशनको निर्देशन नं. १५/०७९ को ३(८) को व्यवस्था विपरीत प्रिमियम दर वृद्घि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरुमा Capital Adequacy Framework 2015 को व्यवस्था विपरीत कर्जाको जोखिमभार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ । साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं. ६/०७९ को बुँदा नं.२ को सञ्चालक/सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको खण्ड (घ) को पालना नगरी यस बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको हुँदा बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको छ ।

राष्ट्र बैंकले हिमालयन बैकलाई पनि बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिम भारित सम्पत्ति न्युन कायम गरी पुँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेको, यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी एकीकृत निर्देशन २०७९, निर्देशन नं.२/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को खण्ड (क) बमोजिम नसिहत दिईएको छ ।

साथै, बैंकको सञ्चालक समितिले यथोचित समयमा उक्त विषयहरुमा व्यवस्थापनको अनुगमन नगरेकाले बैंकको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराईएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया