NIMB Header 2
Nepal Life

पुनर्बीमाको क्यापिटल प्लान ल्याउदै प्राधिकरण, १० अर्बको पूँजीले पूनर्बीमा कम्पनी चल्न सक्दैन : सूर्य सिलवाल

National Life
  • BFIS News
  • 2024 Jan 30 11:45
पुनर्बीमाको क्यापिटल प्लान ल्याउदै प्राधिकरण, १० अर्बको पूँजीले पूनर्बीमा कम्पनी चल्न सक्दैन : सूर्य सिलवाल
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बजार बढ्न थालेको मौकामै पुनर्बीमा कम्पनीको क्यापिटल प्लान ल्याउने तयारी गरेको छ । अहिले कायम विद्यमान पूँजी अपुग देखिएकोले पूँजी बढाउन थालिएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । उनले भने 'अरु बीमा कम्पनीकै ७/८ अर्ब पूँजी भइसक्यो भने १० अर्ब पूँजीले के पुनर्बीमा कम्पनी चलाउछन् ।'

 

Shikhar
NIMB

पूँजी बृद्धि योजना ल्याइएन भने नेपालको पुनर्बीमा कम्पनी चल्न नसक्ने बीमा प्राधिकरणका अध्यक्ष सिलवालको भनाइ छ । हाल जीवन बीमा कम्पनीहरुकै पूँजी ७/८ अर्ब पुगिसकेको छ । ठुलो जोखिम बहन गर्ने पुनर्बीमा कम्पनीको भने १० अर्ब रुपैयाँ मात्रै रहेको छ । 

नेपाल बीमा प्राधिकरणले दुई वर्ष अगाडी ल्याएको क्यापिटल प्लानमा जीवन र निर्जीवन बीमा कम्पनीको मात्रै थियो । जसमा जीवन बीमा बीमा कम्पनीको पूँजी २ अर्बबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पूँजी एक अर्बबाट साढे दुई अर्ब पुर्याइएको थियो । तत्कालिन समयमा रहेका दुई पुनर्बीमा कम्पनी मध्ये हिमलायन रिले आइपिओ समेत निष्काशन गरेको थिएन । आइपिओ पनि निष्काशन नगरेको हुँदा पुनर्बीमा कम्पनीको क्यापिटल प्लान आवश्यक नपरेको प्राधिकरणको ठम्याइ थियो । 

अहिले आएर भने प्राधिकरणले क्यापिटल बढाउने छलफल गरिरहेको छ । क्यापिटल प्लान बढाउने विषयमा छलफल भइरहेको अध्यक्ष सिलवालले बताए । उनले भने 'पहिला छलफल हुनु पर्यो त्यो हामीले गरिरहेका छौ । अव निर्णय भए पछि सार्वजनिक गर्ने छौं ।'

तत्कालिन समयमा नेपाल बीमा प्राधिकरणको पूँजी बढाउन धेरै पहल गरेको थियो तर नेपाल सरकारले नै कम्पनीलाई पूँजी जति पनि व्यवसाय नगरिरहेको सन्दर्भमा थप पूँजी आवश्यक नरहेको भन्दै अनुमति दिएको थिएन । यसमा बीमा प्राधिकरणले पनि समर्थन जनाएको थियो । 

अहिले निजी स्तरबाट हिमालयन लाइफले पनि हकप्रद निष्काशनको माग गरेको छ । प्रिमियममा आइपिओ निष्काशन गरेको कम्पनीका संस्थापक लगानीकर्ताले दोस्रो बजारमा शेयर मूल्य बढाउन चाहिरहेका छन् । कम्पनीको शेयर मूल्य बढाउन अदालतमा रहेको विचाराधिन मुद्दाले रोकिरहेको छ । 

कतिवेला अदालतले कम्पनीले प्रिमियममा निष्काशन गरेको शेयरका विषयमा निर्णय गर्ने हो पत्तो छैन । यदि प्रिमियम फिर्ता गर्नु पर्छ भनिदियो भने भोलि जुनसुकै वेलामा कम्पनीको शेयर मूल्य अझ तल झर्न सक्ने भएकाले पनि लगानीकर्ताको कन्फिडेन्स छैन । 

यसैले गर्दा यहि समुहले बीमा प्राधिकरणमा थप पूँजी बढाउने योजना अगाडी सार्न अनुरोध गर्दै आइरहेको छ । यदि बास्तवममै हकप्रद शेयर निष्काशन गर्नु पर्ने अवस्था आयो भने दोस्रो बजारमा शेयर मूल्य बढ्ने लगानीकर्ताहरुको विश्लेषण छ । यसले गर्दा सोमबार कम्पनीको शेयर मूल्यमा राम्रै उछाल आयो । 

हाल हिमालयन रिको चुक्ता पूँजी १० अर्ब रहेको छ भने नेपाल पुनर्बीमाको १२ अर्ब ८१ करोड रहेको छ । जवकी हिमालयन रिकै व्यवसाय गएको वर्षमा ५ अर्ब पनि पुगेको छैन । यस्तै नेपाल पुनर्बीमाकै ७ अर्ब ५१ करोड भन्दा छैन । पूँजीको आधा पनि व्यवसाय गर्न नसकेको कम्पनीले चुक्ता पूँजी भने अझै दोब्बर बनाउन खोज्नु लगानीकर्ताका दृष्टिकोणबाट पनि खासै राम्रो होइन । अहिले पूँजी बढाएर बजारबाट लाभ लिन खोजिए पनि हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको शेयर मूल्य धेरै नै तल्लो विन्दुमा झर्ने निश्चित छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया