वेयरहाउजिङ्गको नोक्सानी चुलियो, प्रतिशेयर आम्दानी २६ रुपैयाँले ऋणात्मक
- BFIS News
- 2024 Jan Wed 11:21
काठमाडौं । वेयरहाउजिङ्गको नोक्सानी थप चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड ९९ लाख रुपैयाँ थियो।
आम्दानी बढेपनि कम्पनीको खर्च उल्लेख्य बढेका कारण नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४५ प्रतिशत बढेको छ भने कुल आम्दानी १०३.८५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको वित्तीय खर्च ६५८.९२ प्रतिशत बढेको छ भने कुल खर्च १२२.९१ प्रतिशत बढेको छ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ।
सो अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
प्रतिक्रिया