Nepal Life

ग्यास सहित डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो, एक सिलिण्डरको मूल्य १९१० पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:11
ग्यास सहित डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो, एक सिलिण्डरको मूल्य १९१० पुग्यो
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँस सहित डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढाएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्य अनुसार समायोजन गरेको हो । 

NIMB

निगमले पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएर पहिलो वर्गका लागि १६७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६९ रुपैयाँ र तेस्रो वर्गका लागि १७० रुपैयाँ कायम गरेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५.५० रुपैयाँ, दोस्रो १५७ रुपैयाँ र तेस्रो वर्गका लागि १५८ रुपैयाँ कायम गरेको छ । ग्याँसको भाउ प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ पुर्याइएको छ । हाल प्रतिसिलिण्डर एक हजार ८९५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया