Nepal Life

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर निष्काशन गर्ने, दियो धितोपत्र बोर्डमा निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:34
सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको डिबेन्चर निष्काशन गर्ने, दियो धितोपत्र बोर्डमा निवेदन
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको छ । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

NIMB

सिटिजन्स बैंकले वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको हो । यसको अवधि १० वर्षको हुनेछ । यो डिबेन्चरमा हिमालयन क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । सिटिजन्सले यसअघि गत असोज महिनामा पनि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो । उक्त ऋणपत्रको ब्याजदर भने १०% थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया