Nepal Life

सविता पाण्डेले विवाहमा पाइन् आइएमई लाइफको बीमा पोलिसी उपहार

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:55
सविता पाण्डेले विवाहमा पाइन् आइएमई लाइफको बीमा पोलिसी उपहार
Sanima Reliance

काठमाडौं । मोरङकी सबिता पाण्डेले विहाहमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहार पाएकी छिन्। विवाहका अवसरमा शुभचिन्तक तथा आफन्तजनले विभिन्न प्रकारका जिन्सी तथा नगर उपहार दिने प्रचलनलाई तोड्दै कमल बहादुर गुरुङले पाण्डेलाई पोलिसी उपहार दिएका हुन् । 
 

NIMB

आइएमई लाइफका फाइनान्सियल एडभाइजर गुरुङले पाण्डेलाई २ लाख बीमाङ्कको 'आइएमई सर सावधिक जीवन बीमा पोलिसी' उपहार दिएका हुन् । 

मोरङ जिल्ला बेलबारी नगरपालिका वडा नम्बर ११ जुराह निवासि स्व. बिरबहादुर पाण्डे र आमा पदम माया राउत पाण्डेकी छोरी २२ वर्षकी सबिता पाण्डेको जातिय परम्परा अनुसार सम्पन्न भएको विवाहमा सहभागी सबैले कुन नै कुनै उपहार तथा नगद दिए । यसरी गुरुङले अरुको भन्दा फरक उपहार दिदा चर्चाको विषय बन्यो । 

उक्त बीमा पोलेसि सोहि दिन आईएमई लाईफ साखा कार्यलय बिराटचोकको साखा प्रमुख यामनाथ दाहालले हस्तान्तरण गरेका हुन् । उक्त पोलेसी हस्तान्तरण गर्दै शाखा प्रमुखले नव विवाहित जोडीलाई दाम्पत्य जीवनको सफलताको शुभकामना दिदै यो फरक उपहारले भोलि जीवनमा आईपर्ने जोखिमको सुरक्षा र भबिस्यको लागि दिगो वचत समेत भएकाले आगामी दिनमा हरेक नागरिकले बिवाह, व्रतमन, पास्नि, जन्मदिन बिवाहबर्ष गाँठो जस्ता हाम्रा पर्व अथवा परम्परा संस्कारमा फजुल खर्च कम गरि भबिस्य र भोलि आऊने जोखिम बहन गर्ने दिगो वचत गरेमा परिवार जिबनमा सहज हुने शाखा प्रमुख दाहालले बताएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया