Nepal Life

कर्णाली डेभलपमेन्ट बैंकको मुनाफा १९२.१५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ९.५१ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 10:36
कर्णाली डेभलपमेन्ट बैंकको मुनाफा १९२.१५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ९.५१ रुपैयाँ
Sanima Reliance

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दोस्रो त्रैमाशिक अवधिमा १९२.१५ प्रतिशतले मुनाफा बढाएको छ । बैंकले दोस्रो त्रैमाशिक अवधिमा ४ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

NIMB

गत आर्थिक वर्षको यहि अवधिमा १ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकले २६ करोड ६९ लाख रुपैयाँ व्याज आम्दानी गरेकोमा यस भन्दा अघिल्लो वर्षमा २‍६ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको थियो । बैंकले ३ करोड ६४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ ।  

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ३.१७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ४.४७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ,तरलता अनुपात ३६ गुणा,मूल्य आम्दानी अनुपात ४१.७४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५७.८९ रुपैयाँ कायम भएकमो छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया