Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, तीन दिनमा राष्ट्र बैंकले बजारबाट ७० अर्ब तान्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 11:44
बैंकिङ प्रणालीमा अधिक तरलता, तीन दिनमा राष्ट्र बैंकले बजारबाट ७० अर्ब तान्दै
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गए पछि राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ । गएका दुई दिनमा बजारबाट ५० अर्ब तानेको राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ बजारबाट तान्दैछ । 

NIMB

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकहरुको सिडी रेसियो ८०.४८ प्रतिशत छ । बैंकहरुले सिडि रेसियो ९० प्रतिशतसम्म कायम राख्न पाउछन् । आर्थिक मन्दी तथा कर्जाको माग घट्दै जादा सिडि रेसियो घटिरहेको छ । हाल बैंकहरुले ६१ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छ । केहि समयदेखि बैंकहरुले कर्जा विस्तार पनि क्रमिक रुपमा बढाइरहेका छन् । तै पनि बैंकहरु सँग प्रयाप्त तरलता रहेको हुँदा राष्ट्र बैंकले समय समयमा तरलता खिचिरहेको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया