ओखलढुङ्गामा स्काभेटरको ठक्करले वृद्धको मृत्यु
- BFIS News
 - 2024 Feb 04 04:08
 
                    
काठमाडौं । स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक वृद्धको ज्यान गएको छ । अपरान्ह स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका –६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
सिद्धिचरण नगरपालिका –२ चुहान छाप हुँदै चिशङ्खुगढी गाउँपालिका –६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्नेक्रममा प्रदेश ०३–०१–००३ क ७३५६ नम्बरको स्काभेटरको ठक्करबाट थापा मगर गम्भीर घाइते भएका थिए ।
उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । उक्त स्काभेटर प्रहरी चौकी निशङ्खेको नियन्त्रणमा रहेको र घटनाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया