NIMB Header 2
Nepal Life

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

National Life
  • BFIS News
  • 2024 Feb 04 04:38
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
Sanima Reliance

काठमाडौं । तनहुँमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका –६ कुम्ले खोलामा माछा मार्ने क्रममा शुक्लागण्डकी नगरपालिका –६ ओखले बस्ने वर्ष २८ को सन्तोष कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

Shikhar
NIMB

सल्यान जिल्लाको सारदा नगरपालिका –१२ स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका –६ ओखलेमा डेरागरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग मिलेर करेन्ट लगाएर माछा मार्नेक्रममा कुमाललाई करेन्ट लागेर मृत्यु भएको हो । 

शनिबार बिहान करेन्ट लागेपछि तत्काल उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको छ । घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया