Nepal Life

एसियन लाइफ इन्सुरेन्सले ७.७५ प्रतिशत बोनस सेयरपछि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:30
एसियन लाइफ इन्सुरेन्सले ७.७५ प्रतिशत बोनस सेयरपछि ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बोनस सेयरपछि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको माघ १९ गते बसेकोे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.७५% बोनस सेयर वितरण गर्ने र उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४२% (१ः०.४२ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

NIMB

कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४०७% नगद लाभांश पनि वितरण गर्नेछ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । उक्त पुँजीमा ४२% हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर जारी भएमा चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया