Nepal Life

लगातार ५ दिन बढेको सुनको भाउ आज घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:36
लगातार ५ दिन बढेको सुनको भाउ आज घट्यो
Sanima Reliance

काठमाडौं । लगातार ५ दिन बढेको सुनको भाउ आज भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । 

NIMB

यसअघि सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः ३००, ३००, १००, ५०० र ३०० रुपैयाँले बढेको थियो । यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । 

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९.६५ डलरमा र चाँदी प्रतिऔंस २२.६९ डलरमा कारोबार भइरहेको छ । 

मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया