Nepal Life

सन नेपाल लाइफ इन्सुरेन्सको नाफा ३२ करोड ८४ लाख, खुद बीमा शुल्क आर्जन एक अर्ब ५८ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 12:03
सन नेपाल लाइफ इन्सुरेन्सको नाफा ३२ करोड ८४ लाख, खुद बीमा शुल्क आर्जन एक अर्ब ५८ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७.२२ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३५ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

NIMB

यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ७२.४१ प्रतिशतले बढेर ४३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत यसले लगानी तथा कर्जाबाट २५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी ५४ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत वर्ष ३७ करोड ८४ लाख रुपैयाँ थियो । 

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ । सन नेपालको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ । यस इन्सुरेन्सले प्रिमियम थप गरेर आइपीओ बिक्री गरेको थियो । त्यसैले प्रिमियममा संकलन भएको रकम सेयर प्रिमियम शीर्षकमा जम्मा भएको हो । 

यसको ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (जीवन बिमा कोष) मा ६ अर्ब ५१ लाख रुपैयाँ रहेको छ । पुससम्म यसले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.१३ प्रतिशतले थोरै हो । 

गत वर्ष यसले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ०४ पैसा रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया