Nepal Life

नेपाल लाइफले बिलम्ब शुल्कमा ३० % सम्म छुट दिने, पुनर्जागरण गराउने अभिकर्तालाई विशेष प्रोत्साहन कार्यक्रम

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 21:41
नेपाल लाइफले बिलम्ब शुल्कमा ३० % सम्म छुट दिने, पुनर्जागरण गराउने अभिकर्तालाई विशेष प्रोत्साहन कार्यक्रम
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखको बिलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले १८० दिन भन्दा बढि समयदेखि व्यतित भएका बीमालेखहरुको नविकरण बीमाशुल्कमा लाग्ने विलम्ब शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

NIMB

१८० दिन भन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्ष भन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट पाइनेछ ।

यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि एक वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पुर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । एक पटक बिलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पूरा बीमा अवधिभर पुनः छुट दिइने छैन । बीमालेख १८० दिन भन्दा बढी समय व्यतित भएको हुनुपर्छ । बीलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागि बीमालेख पुनर्जागरण मितिबाट बीमा अवधि समाप्त हुन २ वर्ष भन्दा बढि अवधि बाँकी भएको हुनुपर्नेछ ।

पुनर्जागरण प्रोत्साहन योजना

नविकरण बीमाशुल्क संकलनमा अभिकर्ताहरुको महत्वपुर्ण भुमिका रहेन कुरालई दृष्टिगत गरि व्यतित भएका बीमालेख पुनर्जागरण अभियानमा आम अभिकर्ताहरुलाई उत्प्रेरित गर्न पुनर्जागरण प्रोत्साहन योजना ल्याइएको कम्पनीले प्रष्ट पारेको छ ।

देश भरिबाट यस योजना अवधि भित्र पुनर्जागरण भई बिलम्ब शुल्कमा छुट पाएका बीमालेखहरुबाट प्राप्त हुने नविकरण बीमाशुल्कको बधारमा उत्कृष्ट ३ जना अभिकर्तालाई सर्टिफिकेट र ट्रफीबाट पुरस्कृत गरिने कम्पनीले जनाएको छ । यसका साथै सो उत्कृष्ट तीन जना अभिकर्ता हरेकलाई २ जनाको दरले देश भित्रको एक आकर्षक पर्यटकीय गन्तव्यमा एक रात र २ दिनको आकर्षक टुर व्याकेज प्रदान गरिनेछ ।

देश भरका सम्पूर्ण प्रदेशमा यस योजना अवधि भित्र पुनर्जागरण भइ बिलम्ब शुल्कमा छुट पाएका बीमालेखहरुबाट प्राप्त हुन नविकरण बीमाशुल्कको आधारमा हरेक प्रदेशमा उत्कृष्ट तीन जना अभिकर्तालाई प्रदेश प्रमुखद्धारा सर्टिफिकेट र ट्रफीबाट पुरस्कृत गरिने कम्पनीले जनाएको छ ।

टुर प्याकेजमा जानका लागि भाडा बापत प्रति व्यक्ति २५ सयका दरले उपलम्ध गराइने कम्पनीले उल्लेख गरेको छ । टुर प्याकेजकको सट्टामा कुनै पनि रकम भुक्तानी नगरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया