Nepal Life

सूर्यज्योति लाइफको मुनाफा ६२.९३ प्रतिशतले बढ्यो, मर्जरको सिनर्जी सँगै हरेक सूचकमा सर्वाधिक सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 05:26
सूर्यज्योति लाइफको मुनाफा ६२.९३ प्रतिशतले बढ्यो, मर्जरको सिनर्जी सँगै हरेक सूचकमा सर्वाधिक सुधार
Sanima Reliance

काठमाडौं । मर्जर पछि बल्ल सूर्यज्योति लाइफमा सिनर्जी देखिन थालेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा ६२.९३ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २३ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १४ करोड ५२ लाख रुपैयाँ थियो ।

NIMB

कुल बीमा शुल्क आर्जन पनि ५९.७३ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ४ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गएको वर्षको यहि अवधिमा २ अर्ब ६८ करोड रुपैयाँ थियो । प्रथम बीमा शुल्क आर्जनमा पनि समान्य सुधार भएको देखिन्छ । कम्पनीले ९५ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । बीमा शुल्क तथा अन्य सूचकमा सुधार देखिएको कम्पनीको जीवन बीमा कोष पनि २६ प्रतिशतले बढेर ३० अर्ब ५१ करोड पुगेको छ ।

साविक सूर्य लाइफ र ज्योति लाइफ एक आपसमा मर्जर भइ २०७९ पुस ६ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए । यसरी मर्जरको एक वर्षको अवधिमा कम्पनी आफ्नो फर्ममा आएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि १०.४१ रुपैयाँ छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा एक अर्ब ४० करोड रहेको छ । व्यवसायमा बृद्धि सँगै अभिरक्ता कमिशन पनि ३७ करोड ८५ लाख पुगेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया