Nepal Life

सिद्धार्थ बैंकमा रोजगारीको अवसर, इभेन्ट म्यानेजसमेन्ट अफिसरका लागि दरखास्त आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 18:17
सिद्धार्थ बैंकमा रोजगारीको अवसर, इभेन्ट म्यानेजसमेन्ट अफिसरका लागि दरखास्त आह्वान
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले दुई जना इभेन्ट म्यानेजर अफिसर पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक जना अफिसर र एक जना जुनियर अफिसर तहको लागि विज्ञापन खुला गरेको हो । 

NIMB

अफिसर पदका लागि व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर गरि सम्बन्धित क्षेत्रमा कम्तिमा पनि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ । त्यस्तै जुनियर अफिसर तहका लागि पनि व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेको हुनु पर्छ । साथै सम्बन्धित क्षेत्रमा १.५ वर्षको कार्यानुभव हुनु पर्नेछ । 

यदि स्नातक तह मात्रै उत्तीर्ण गरेको भने कार्यानुभव यो भन्दा धेरै हुनु पर्ने बैंकले जनाएको छ । अफिसर तहमा ४० वर्ष ननाघेको र जुनियर अफिसर तहका लागि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक आवेदकले फेब्रुअरी १५ सम्ममा आवेदन दिनु पर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया