Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका के. सी. 

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 19:47
मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका के. सी. 
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगरिका के. सी. नियुक्त भएकी छिन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको २०८० माघ २२ गते सम्पन्न सञ्चालक समितिको ७८ औं बैठकको निणर्य बमोजिम कम्पनीको सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा केसीलाई चयन गरिएको हो । 

NIMB

कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलीको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी के.सी.लाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरेको हो ।

कृषिमा आधारीत अर्थतन्त्र भएको नेपालमा सर्वसाधारणको तर्फबाट संचालकमा के.सी.को नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूणर् सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्र प्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीले अपेक्षा गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया