Nepal Life

श्रीमान श्रीमतीसहित तीनजना मृत फेला

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 04:45
श्रीमान श्रीमतीसहित तीनजना मृत फेला
Sanima Reliance

काठमाडौं । पाल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

NIMB

मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ । श्रीमती आफ्नै घरको बिस्तरामा मृत र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया