NIMB Header 2
Nepal Life

आन्तरिक राजश्व कार्यालय हटौडाले छ महिनामा करिब तीन अर्ब राजस्व सङ्कलन

National Life
  • BFIS News
  • 2024 Feb 06 04:48
आन्तरिक राजश्व कार्यालय हटौडाले छ महिनामा करिब तीन अर्ब राजस्व सङ्कलन
Sanima Reliance

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

Shikhar
NIMB

कार्यालयले गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा कार्यालयले दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सङ्कलन गरेको त्यो राजस्व भने लक्ष्यभन्दा कम हो । 

चार अर्ब १४ करोड ३० लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले ६ महिनाको अवधिमा लक्ष्यको ७०.७५ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सक्षम भएको कार्यालयको तथ्याङ्क छ ।

पुस महिनामा एक अर्ब पाँच करोड ४३ लाख एक हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा झण्डै आधा मात्र ५६.८२ प्रतिशत अर्थात् ५९ करोड ९० लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दैआएको छ । कार्यालय चालु आवको पहिलो ६ महिनामा सबैभन्दा बढी प्रतिशत कर आयकर, मूल्य अभिवृद्धि कर र ब्याज कर सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको गत साउनदेखि पुस मसान्तसम्मको अवधिमा आयकर बापत ४८ करोड ८६ लाख ७६ हजार, घर बहाल कर बापत ७८ लाख ९२ हजार, ब्याज कर चार करोड पाँच लाख ८१ हजार, मूल्य अभिवृद्धि कर ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क एक अर्ब ६१ करोड ४८ लाख २७ हजार र स्वास्थ्य सेवा कर २८ करोड एक लाख ४१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया