Nepal Life

प्रभु महालक्ष्मीको बागमती प्रदेश स्तरीय एजेन्सी म्यानेजरहरु सँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2024 Feb Wed 17:26
प्रभु महालक्ष्मीको बागमती प्रदेश स्तरीय एजेन्सी म्यानेजरहरु सँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न
RBB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेश स्तरीय सिनियर एजेन्सी म्यानेजरहरु सँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । दरवारमार्गको उडल्याण्डमा सम्पन्न भएको छलफल कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका छन् । उनले सम्पुर्ण अभिकर्ताहरुलाई प्रोत्साहन गर्नुका साथै टार्गेट पुरा गर्न सबैलाई शुभकामना दिएका छन् ।

NIMB

कार्यक्रममा वागमति प्रदेश स्तरका सिनियर एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा अभिकर्ताहरुले आ-आफ्नो धारणा राख्नुका साथै आगामी दिनमा कसरी व्यवसाय बढाउन सकिन्छ भनेर सल्लाह सुझाव दिएका थिए ।

कम्पनीले बागमती प्रदेशबाट एमडिआरटी २०२४ मा पर्न सफल ७ जना अभिकर्ताहरु मध्ये उपस्थित चार जनालाई सम्मान गर्दै केक काटेको थियो । एमडिआरटी २०२४ मा गोङ्गबु शाखाबाट नविल शेचरन, भक्तपुर शाखाबाट उद्धव केसी, पेप्सिकोला शाखाबाट राम घिमिरे र लक्ष्मण घिमिरे पर्न सफल भएका छन् । त्यस्तै लक्की ड्रबाट स्कुटर विजेता पाटन शाखाका पवन कुमार शाहीलाई सिइओ प्रसाइले स्कुटर हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा नेशनल सेल्स हेड सोन आलेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन एजेन्सी विभाग प्रमुख प्रभात सिवाकोटीले गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख रामु भुषाल र मदन विष्टको उपस्थिति रहेको थियो । सिनियर एजेन्सी म्यानेजरहरुलाई नयाँ चाइल्ड प्रोड्कटको विषयमा जानकारी समेत प्रदान गरिएको थियो । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय जारी गरेको चाइल्ड पोलिसी अनुसार परिमार्जित चाइल्ड प्रोडक्टको विषयमा अभिकर्ताहरुलाई जानकारी प्रदान गरिएको छ । कार्यक्रममा नयाँ चाइल्ड प्रोडक्टको विषयमा अभिकर्ताहरुलाई जानकारी प्रदान गरिएको थियो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया