NIMB Header 2
Nepal Life

देश बनाउन एमालेको बहुमत सरकार चाहिन्छ : अध्यक्ष ओली

National Life
  • BFIS News
  • 2024 Feb 08 21:49
देश बनाउन एमालेको बहुमत सरकार चाहिन्छ : अध्यक्ष ओली
Sanima Reliance

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमत सरकारले मात्र देश विकास गर्न सक्ने बताएका छन् । एमाले रौतहटको १०औँ जिल्ला अधिवेशनको बिहीबार गरुडाको श्रीराम सुगरमिलको मैदानमा आयोजित उदघाटनसत्रमा उनले सो कुरा बताएका हुन् । 

Shikhar
NIMB

अध्यक्ष ओलीले गठबन्धनको सरकारबाट देशको विकास सम्भव नरहेको बताए । अध्यक्ष ओलीले मिसन २०८४ को ध्यानमा राख्दै पार्टीको आन्तरिक एकता कायम गरेर, पार्टीको सङ्गठन विस्तार गरेर पार्टीको नेता तथा कार्यकर्ताहरू जनताको माझमा जान आग्रह गरे ।  

अध्यक्ष ओलीले जनतालाई विभिन्न तत्त्वले भ्रमित पार्न सक्ने भएकाले त्यस्ता भ्रमबाट मुक्त गरेर जनताको इच्छा आकाङ्क्षा पूरागरी ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्नतर्फ कार्यकर्तालाई काम गर्न आग्रह गरे । 

एमाले सरकारमा हुँदा थालिएका विकास निर्माणका आयोजनालाई ठप्प पारेको अहिलेको गठबन्धनको सरकारले कुनै नयाँ काम नगरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले अरूलाई रिझाउने होइन, नेपाललाई आवश्यक पर्ने सबै योजना सञ्चालनमा ल्याउनुपर्ने बताए । 

कार्यक्रमस्थल श्रीराम सुगर मिल्स सञ्चालनका लागि आफू प्रधानमन्त्रीसँग कुरा गरेर यहाँ बन्द रहेका उद्योग कलकारखानालाई सञ्चालनमा ल्याइ सयौँ बेरोजगार युवालाई रोजगारीको व्यवस्थापन गराउने स्पष्ट पार्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारको समयमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यालाई घटाएको दाबी गरे । 

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको उदघाटनसत्रलाई एमाले  सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्य कोशी प्रदेश प्रमुख रघुवीर महासेठ, पोलिटब्युरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, पूर्व सांसद रेखा झालगायतका वक्ताले जिल्ला अधिवेशनको सफलताको शुभकामना दिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया