Nepal Life

अनलाइनबाटै इन्स्योरेन्स पोलिसी किन्न मिल्ने गरि मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 21:53
अनलाइनबाटै इन्स्योरेन्स पोलिसी किन्न मिल्ने गरि मस्यौदा तयार, प्राधिकरणले माग्यो सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो ।

NIMB

भौतिक रुपमा हुँदै आएको बिमा सम्बन्धी कामहरु अनलाइनबाटै गर्न सकिने गरि प्राधिकरणले गाईडलाइन तयार पारेको हो । बिमितले भौतिकरुपमा उपस्थित भएर इन्स्योरेन्स गर्नुपर्ने बाध्यतालाई हटाउने अपेक्षा सहित गाइडलाईन मस्यौदा तयार पारेको प्राधिकरणले जनाएको छ ।

मस्यौदा अनुसार अब जीवन, निर्जीवन, लघु तथा पुनर्बिमा कम्पनीहरुले डिजिटल प्लाटफर्म निर्माण गर्नुपर्नेछ । जहाँ बिमितले अनलाईबाटै इन्स्योरेन्स पोलेसी खरिद,सरेण्डर तथा बिमा दाबीभुक्तानी समेत गर्न सक्नेछन् ।

प्राधिकरणले मस्यौदा तयार पार्दै बिमा कम्पनीहरुले आइटी क्षेत्रमा गर्दै आएको लगानी थप बढाउनुपर्ने उल्लेख गरेको छ । प्रविधिमत्री तथा पारदर्शी बनाउनका लागि प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलेसी गाइडलाईन २०८० को मस्यौदा तयार पारेको हो । प्राधिकरणले फागुन २ गते भित्र मस्यौदा उपर जानकारबाट सुझाव माग पनि गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया