Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पारित गर्यो १५ प्रतिशत लाभांश

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 22:07
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पारित गर्यो १५ प्रतिशत लाभांश
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आज अर्थात माघ २५ गते आफ्नो तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

NIMB

वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न साधारण सभाले शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । 

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनीले राखेकोे जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए । मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो । यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पारित गरी कम्पनीको तीसौं वार्षिक सभा सम्पन्न भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया