Nepal Life

कृषि क्षेत्रको पहिलो सूचिकृत कम्पनी मुक्तिनाथ ‘ब्रेक इभन’ सँगै मुनाफामा, सञ्चालन आम्दानी ११८ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 11:26
कृषि क्षेत्रको पहिलो सूचिकृत कम्पनी मुक्तिनाथ ‘ब्रेक इभन’ सँगै मुनाफामा, सञ्चालन आम्दानी ११८ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । कृषि क्षेत्रको पहिलो सूचिकृत कम्पनी मुक्तिनाथ कृषि कम्पनी ‘ब्रेक इभन’ आए सँगै मुनाफामा देखिएको छ । प्राथमिक शेयर निष्काशन गर्दासम्म नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा मुनाफा गर्न सफल देखिएको छ ।

NIMB

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी २ करोड १९ लाख हजार रुपैयाँ घाटामा थियो । सञ्चालन आम्दानी ८ करोड ९२ लाखबाट बढेर १९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जसका कारण नाफामा सुधार भएको हो । 

वित्तीय खर्च ४७ लाख ७७ हजारबाट बढेर ४८ लाख ७६ हजार रुपैयाँ पुगेको छ । मुक्तिनाथ कृषिको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको  अदर इक्विटी ६ करोड रुपैयाँले ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ९१ रुपैयाँ ४२ पैसा छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया