Nepal Life

उद्योग वाणिज्य महासंघको महानिर्देशक अवस्थी 'म्यानेजर अफ दि एयर' अवार्डबाट सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 20:59
उद्योग वाणिज्य महासंघको महानिर्देशक अवस्थी 'म्यानेजर अफ दि एयर' अवार्डबाट सम्मानित
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी 'म्यानेजर अफ दि एयर' अवार्डबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघले ४३ औं वार्षिक साधारणसभाको उपलक्ष्यमा अवस्थीलाई सम्मान गरेको हो । 

NIMB

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष समेत रहेका अवस्थी अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा निजी क्षेत्रका बारेमा जानकार मानिन्छन् । 

लामो समय आर्थिक पत्रकारितामा कलम चालएका अवस्थीले यस अघि संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

आफ्नो पेशाप्रति कर्तव्य निष्ठ र उच्च नैतिकवान रहेका अवस्थीले सेजनको अध्यक्ष हुँदा समेत संस्थागत सुधारका थुप्रै कामहरु गरेका थिए । उनी अध्यक्ष हुँदा सेजनमा नेपालको पत्रकारिताको इतिहासमै पहिलो पटक पत्रकार आचार संहिता बनाएर कार्यान्वयनमा ल्याउन सफल भएका थिए । 

त्यसै गरी ओमन म्यानेजर रिकग्निसन अवार्ड भने आरती चटौटले प्राप्त गरेका छन् । लाइफ टाइम कन्ट्रिव्युसन अवार्ड पद्य लाल श्रेष्ठले प्राप्त गरेका छन् भने युथ आइकन रिकग्नएसन अवार्ड भने मनोज पौडेलले प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया