Nepal Life

हिमालयन लाइफद्धारा घातक रोग उपचार बापत १० लाख दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sat 16:54
हिमालयन लाइफद्धारा घातक रोग उपचार बापत १० लाख दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग उपचारका लागि १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको रोल्पा शाखाले बीमित गोसाइ सन्यासीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

NIMB

कम्पनीले रोल्पा नगरपालिका ३ खुमेल स्थित बीमितकै घरमा पुगेर चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सन्यासी हाल घातक रोगबाट ग्रसित छन् ।

मानिसको जीवनको केहि भर छैन । जति वेला जुनसुकै अवस्थामा जे पनि हुन सक्छ । त्यसैले जीवन रहुन्जेल आफ्नो लागि र जीवन पश्चात परिवारका लागि जीवन बीमा उपयुक्त मानिन्छ । कम्पनीहरुले जीवन बीमा गर्दा घातक रोग बिरुद्धको उपचारका लागि पनि बीमा गराउने गरेका छन् ।

तोकिएका घातक रोगको उपचारका लागि ठुलो खर्च लाग्ने भएकाले बीमितलाई आर्थिक रुपमा थप बोझ नपरोस भनेर बीमा शुल्कमा केहि प्रिमियम थप गरि यस्तो जोखिमलाई पनि बहन गर्ने प्रयास गरिएको हुन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया