Nepal Life

कुमारी बैंकको आज साधारणसभा, वित्तीय विवरण आकर्षक हुँदा पनि लाभांश दिन नसक्नुको यस्तो छ कारण

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 05:22
कुमारी बैंकको आज साधारणसभा, वित्तीय विवरण आकर्षक हुँदा पनि लाभांश दिन नसक्नुको यस्तो छ कारण
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले आज २३ औं वार्षि साधारणसभा आह्वान गरेको छ । बैंकले सम्पुर्ण शेयरधनीहरुलाई आज विहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लव, टुँडिखेलमा साधारणसभा डाकेको छ । यस वर्ष बैंकले लाभांश नदिने भएको छ ।

NIMB

मर्जर पछि बैंकको प्रोभजिनिङ बढ्दा लाभांश दिन नसकिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा समग्र व्यापार व्यवसायमा वृद्धि सँगै आम्दानीका क्षेत्रहरुमा समेत वृद्धि गरेता पनि वितरणयोग्य मुनाफा कम छ ।

सञ्चालन खर्चहरुको वृद्धिलाई १२.०७ प्रतिशत को दरमा सिमित गर्न सफल भएको बैंकले जनाएको छ । आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ८५.८५ प्रतिशतले वृद्धि भई रु. ३४ अर्ब ११ करोड पुग्न गएको छ भने ब्याज खर्च ८९.८७ प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ५ करोड पुगेको छ ।

यस प्रकार आ.व. २०७९/८० मा बैंकको खुद ब्याज आम्दानी करिब ७७.९९ प्रतिशतले वृद्धि भई रु. ११ अर्ब ७ करोड पुगेको छ । बैंकले कर्जा, निक्षेप तथा अन्य सेवा वापत लिने फि तथा कमिसन आम्दानी आ.व. २०७९/८० मा लगभग ८४.९६ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५१ करोड पुग्न गएको छ भने विदेशी विनिमय आम्दानी ३.९३ प्रतिशतले कम भई रु. ३६ करोडमा सिमित भएको छ ।

गत वर्षको तुलनामा संम्भावित कर्जा नोक्सानी खर्च रु ७ अर्ब ३० करोडले बृद्धि भई रु ८ अर्ब १२ करोड भएको छ । यस प्रकार आ.व. २०७९/८० मा बैंकको कुल सञ्चालन आम्दानी रु.९६ करोडमा सिमित भएको छ जुन अघिल्लो आ.व. को तुलनामा लगभग ७३.१२ प्रतिशतको कम हो । यसै गरी खर्च तर्फ हेर्ने हो भने बैंकको कर्मचारी खर्च रु.२ अर्ब २० करोड रहेको छ र अन्य सञ्चालन खर्च ४५.२८ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ७७ करोड पुगेको छ ।

यसरी, आ.व. २०७९/८० मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०८.६६ प्रतिशतले वृद्धि भई रु. ९ अर्ब १२ करोड रहेको देखिन्छ तर कर्जा नोक्सानी व्यवस्थामा भएको उच्च वृद्धिका कारण बैंकको खुद मुनाफा आ.व. २०७९/८० मा ७९.९२ प्रतिशतले कम भई रु. ५१ करोड ७९ लाखमा सिमित हुन गएको छ ।

साधारणसभाले सञ्चालक समितिको आ.व.२०७९/८० वार्षिक प्रतिवेदन पारित गर्ने छ। लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७९/०८० को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व.२०७९/०८० को नाफानोक्सान हिसाव र सोहि अवधिको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने छ।

यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र के.वि.एल. सेक्यूरिटिज लि.को आ.व.२०७९/०८० को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने छ।

कम्पनी ऐन २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ बमोजिम आ.व.२०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने छ । बैंकको संचालक समितिमा प्रतिनिधित्व हुने संस्थापक समूहका शेयरधनीहरुबाट संचालक पद संख्या ३ (तीन) तथा सर्वसाधारण समूहका शेयरधनीहरुबाट संचालक पद संख्या ३ (तीन) जना गरी ६(छ) जना संचालकहरुको निर्वाचन गर्ने छ। प्रचलित कानुन तथा बैंकको नियमावली समेत बमोजिम उपरोक्त कुल ६(छ) जना मध्ये एक जना महिला संचालकको लागि निर्वाचन हुने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया