Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको मुनाफा ११.४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ४० अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2024 Feb 11 06:53
एशियन लाइफ इन्स्योरेन्सको मुनाफा ११.४५ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ४० अर्ब नाघ्यो
National Life

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ११.४५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ९.६३ प्रतिशत बढेको छ भने कुल खर्च ३.५६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९० पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ।

३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोष ४० अर्ब नाघेको छ । गत वर्षको यहि अवधिमा ३४ अर्ब ९८ करोड थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया