Nepal Life

प्रभु महालक्ष्मी लाइफको मुनाफा ३६ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 07:15
प्रभु महालक्ष्मी लाइफको मुनाफा ३६ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा ३६ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा १७ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा १२ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

   

NIMB

कम्पनीले मर्जर पछि जीवन बीमा शुल्क आर्जनमा दोब्बरले बृद्धि गरेको छ । कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३ करोड मात्रै थियो । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा ७१ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  व्यवसायमा सुधार सँगै अभिकर्ताले पाउने कमिशन पनि बढेर २३ करोड ८ लाख खर्च भएको छ । 

कम्पनीको जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघेको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुगेको छ भने जगेडा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया