Nepal Life

सानिमा रिलायन्समा मर्जरको सिनर्जी, मुनाफा ९६.४९ प्रतिशतले बढ्यो, जीवन बीमा कोष १२ अर्ब ६९ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 09:56
सानिमा रिलायन्समा मर्जरको सिनर्जी, मुनाफा ९६.४९ प्रतिशतले बढ्यो, जीवन बीमा कोष १२ अर्ब ६९ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सिनर्जी प्राप्त गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जर भए सँगै कम्पनीले व्यवसाय विस्तारका साथै मुनाफामा पनि अब्बल देखिएको छ । 

NIMB

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको खुद नाफा ९६.४८ प्रतिशतले बढेर २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।

यसअवधिमा खुद बिमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ पुगेको छ । 

पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ । चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । कुल आम्दानी ३ अर्ब ४० करोड छ भने कुल खर्च ३ अर्ब  १८ करोड छ । जीवन बीमा कोष गएको असारको तुलनामा १६ प्रतिशतले बढेर १२ अर्ब ६९ करोड पुगेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया