Nepal Life

लगानीकर्तालाई आकर्षित गर्दै आएको हिमालयन डिष्टिलरीले निरास बनाउदै, मुनाफा सँगै इपिएसमा गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 10:15
लगानीकर्तालाई आकर्षित गर्दै आएको हिमालयन डिष्टिलरीले निरास बनाउदै, मुनाफा सँगै इपिएसमा गिरावट
Sanima Reliance

काठमाडौं । दोस्रो बजारका लगानीकर्ताको सर्वाधिक आकर्षणमा पर्दै आएको हिमालयन डिष्टिलरीको पछिल्लो समयको प्रस्तुतिले लगानीकर्तालाई निरास बनाउदै आइरहेको छ । अघिल्लो बुलमा धेरैलाई बनाएको हिमालयनले यस पटक भने निरास पार्दै आएको छ । गएका वर्षमा आकर्षक बोनस शेयर दिएर पूँजी बढाएको कम्पनीले मुनाफा सँगै प्रतिशेयर आम्दानीलाई सुधार गर्न सकेन । 

NIMB

कम्पनीले क्षमता बढाए पनि पूँजीको अनुपातमा उचित प्रतिफल दिने गरी प्रतिशेयर आम्दानी बढाउन सकेको छैन । यसले गर्दा कम्पनीको शेयर मूल्यमा खासै आकर्षण देखिदैन । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको उत्पादन बिक्रीसँगै खुद नाफा पनि घटेको छ । यसअवधिमा खुद नाफा ४४.३८ प्रतिशतले घटेर १६ करोड ३६ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २९ करोड ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी २६.१५ प्रतिशतले घटेर ९५ करोड ५९ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ । मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएकाले त्यसको असर मदिरा व्यवसायमा पनि परेको कम्पनीको भनाइ छ । साथै, इन्धनलगायतका अन्य कच्च पदार्थहरुको उच्च मूल्य वृद्धिको कारण उत्पादन लागत बढ्दा नाफा प्रभावित भएको हो ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७७ पैसाले घटेर १२ रुपैयाँ २५ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया