Nepal Life

आइजीआई प्रुडेन्सियलले नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 18:06
आइजीआई प्रुडेन्सियलले नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने
Sanima Reliance

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर (फागुन ८ गते) देखि बिक्री खुला गर्ने भएको छ । यसमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ । 

NIMB

यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । चैत १२ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया