Nepal Life

ग्लोबल आइएमईको निश्चिन्त आवास योजना, १० वर्षका लागि ९.९९ प्रतिशतमै ढुक्क हुने मौका

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 20:19
ग्लोबल आइएमईको निश्चिन्त आवास योजना, १० वर्षका लागि ९.९९ प्रतिशतमै ढुक्क हुने मौका
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले निश्चिन्त आवास योजना सार्वजनिक गरेको छ । बैंकले घर बनाउने सपनालाई साकार पार्ने उद्देश्य सहित यस्तो योजना ल्याएको हो ।

NIMB

हाल घरजग्गामा आएको मन्दीका कारण सस्तो मूल्यमा घरजग्गा खरिद गर्न सकिने अवस्था छ । ठुला ठुला व्यवसायीहरुदेखि सामान्य व्यापार व्यवसाय गर्नेहरु समेत कुनै न कुनै रुपमा समस्यामा छन् । यसले गर्दा नियमित आम्दानी हुने व्यक्तिहरुले बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्न मौका रहेको छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले न्युनतम दरमै व्याजदर फिक्स गर्ने अवसर प्रदान गरेको छ । बैंकले घरको मूल्याङ्कनको ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न सक्ने छन् । अधिकतम कर्जाको सिमा ऋणीले खरिद गर्न चाहेको घरको मूल्यमा निर्धारण हुने बैंकले जनाएको छ । यसरी अहिले नै निश्चित गरिएको व्याजदर कर्जा अवधिभर परिवर्तन हुँदैन । तर फ्लोटिंग दरहरु भने बजारको अवस्थाको आधारमा परिवर्तन हुन्छ ।

यस कर्जा योजनामा पहिलो वर्ष निः शुल्क मोबाइल बैंकिङ/इन्टरनेट बैंकको सेवा रहेको छ । त्यस्तै पहिलो वर्षका लागि भिसा क्रेडिट कार्ड पनि निःशुल्क रहेको छ । सम्पुर्ण प्रकृयाँ पुरा भएको १२ घण्टा भित्र कर्जाको निर्णय हुने बैंकले जनाएको छ । यस्तो सुविधा बैंकको सम्पुर्ण शाखाहरुबाट प्राप्त हुनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया