Nepal Life

शिखर इन्सुरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो, खुद बीमा शुल्क आर्जन एक अर्ब ९४ करोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 06:56
शिखर इन्सुरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो, खुद बीमा शुल्क आर्जन एक अर्ब ९४ करोड
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद नाफा १९.१७ प्रतिशतले बढेर २५ करोड ११ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

NIMB

अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आजर्न बढेसँगै खुद नाफा बढेको हो ।  

यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन भने एक अर्ब ९४ करोड रुपैयाँ रहेको छ । लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया