NIMB Header 2
Nepal Life

हिमालयन रि इन्स्योरेन्सको नाफा सत प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ

National Life
  • BFIS News
  • 2024 Feb 12 07:01
हिमालयन रि इन्स्योरेन्सको नाफा सत प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ
Sanima Reliance

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको मुनाफा सत प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

Shikhar
NIMB

समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशत बढेको छ भने कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८२ पैसा बढेर १२ रुपैयाँ ५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ।

१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया