Nepal Life

हिमालयन लाइफको मुनाफा ३४ करोड ६० लाख, जीवन बीमा कोष ५८ अर्ब ४८ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 07:15
हिमालयन लाइफको मुनाफा ३४ करोड ६० लाख, जीवन बीमा कोष ५८ अर्ब ४८ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा हिमालायन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा सामान्य गिरावट देखिएको छ । कम्पनीले ६ महिनाको अवधिमा ३४ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३७ करोड ७१ लाख थियो । 

NIMB

मुनाफा बाहेक मर्जर पछि सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा कम्पनीले कुल ८ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा कमिशन घटाएर खुद बीमा शुल्क आर्जन ७ अर्ब ८९ करोड रहेको छ । अभिकर्ताले ६५ करोड ६३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । 

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रहेको छ भने जगेडा कोषमा एक अर्ब ३० करोड रहेको छ । तीन कम्पनीको मर्जर सँगै कम्पनीको जीवन बीमा कोषमा उल्लेख्य सुधार देखिएको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । 

प्रतिशेयर आम्दानी ८.६३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले एक अर्ब ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने नविकरण बीमा शुल्क आर्जन ७ अर्ब ३ करोड रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया