Nepal Life

सगरमाथा लुम्बिनीको मुनाफा १५.९७ प्रतिशतले बढ्यो, इपिएस १५ रुपैयाँ, अधिकाम्स सूचकमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 10:41
सगरमाथा लुम्बिनीको मुनाफा १५.९७ प्रतिशतले बढ्यो, इपिएस १५ रुपैयाँ, अधिकाम्स सूचकमा सुधार
Sanima Reliance

काठमाडौं । मर्जर पछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा १५.९७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । 

 

NIMB

दोस्रो त्रैमाससम्ममा कम्पनीले २० करोड ८ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १७ करोड ३१ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी तथा कर्जाबाट आम्दानी बढेकाले खुद नाफा पनि सुधार भएको हो ।

कर्जा तथा लगानीबाट आम्दानी १७.०७% ले बढेर २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसका साथै, खुद बिमा शुल्क आर्जन पनि ४.३२% ले बढेर ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेपछि नाफा सुधार भएको हो । यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ७.७९ रुपैयाँले घटेर १५.३२ रुपैयाँ कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २३.११ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया