Nepal Life

बैंकहरु विच व्याजदर घटाउने तिव्र प्रतिस्पर्धा, मुद्दती निक्षेप ४.४४ प्रतिशतमा झर्यो, कुन बैंकको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 11:07
बैंकहरु विच व्याजदर घटाउने तिव्र प्रतिस्पर्धा, मुद्दती निक्षेप ४.४४ प्रतिशतमा झर्यो, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरु विचमा व्याजदर घटाउने तिव्र प्रतिस्पर्धा भइरहेको छ । बैंकको व्याजदर मुल्य बृद्धिदर भन्दा पनि कम देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालको मूल्य बृद्धिदर ५.२५ प्रतिशत रहेको छ ।

 

NIMB

बैंकहरुको व्याजदर मूल्यबृद्धिदर भन्दा माथि हुनुपर्छ भन्ने मान्यता रहेको हुन्छ । गएको वर्षमा बैंकहरुको व्याजदर दोहोरो अंकमा थियो । व्याजदर बढाउन चर्को प्रतिस्पर्धा गर्ने बैंकहरु अहिले आएर व्याजदर घटाउन प्रतिस्पर्धा गरिरहेका छन् ।

कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपको व्याजदर ४.४४ प्रतिशतमा झारेको छ । व्यक्तिगत तर्फ भने ६.४४ प्रतिशत रहेको छ । बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत हाराहारी र न्युनतम ४ प्रतिशत हाराहारी व्याजदर प्रदान गर्दै आइरहेका छन् ।

सिटिजन बैंकको व्यक्तिगत तर्फ ८.२५ प्रतिशत रहे पनि संस्थागत तर्फ ६.१५ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ८ प्रतिशत तोकेको छ भने संस्थागत तर्फ ६ प्रतिशत मात्रै छ । ग्लोबलको व्यक्तिगत तर्फ ७.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशतमा झारेको छ । हिमलायन बैंकले ८.१५ प्रतिशत, कुमारी बैंक ८.०१ प्रतिशत, लक्ष्मी सनराइज बैंक ८ प्रतिशत, माछापुच्छ्रे बैंक ८ प्रतिशत, नविल बैंक ७.७५ प्रतिशत, नेपाल बैंक ७.२५ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंक ८ प्रतिशत छ ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गए पछि बैंकहरुले व्याजदर घटाइरहेका छन् । निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा सिडी रेसियो ८०.३५ प्रतिशत छ । बैंकहरुले ६१ खर्ब निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी ५० खर्ब हाराहारी मात्रै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया