Nepal Life

मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी, बजेटको अर्धवार्षिक मूल्याङ्कन पनि आजै

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 11:25
मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी, बजेटको अर्धवार्षिक मूल्याङ्कन पनि आजै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय अर्धवार्षिक समिक्षाका लागि जुटेका छन् । अर्थमन्त्रालयले आजै साढे ३ बजे पत्रकार सम्मेलन आह्वान गरेको छ । उता नेपाल राष्ट्र बैंकले पनि साँझ सञ्चालक समितिको बैठक आह्वान गरेको छ । 

NIMB

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ सञ्चालक समिति बैठक बोलाइएको हो । 

सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा आजै साँझ सार्वजनिक गर्ने छ । पछिल्लो समय कर्जा विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अहिले अधिक तरलताको अवस्था आएको छ । अधिक तरलतालाई ब्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ । दैनिकजस्तो बजारबाट निक्षेप तान्दै आएको छ । तरलाता व्यवस्थापन गर्ने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन तयारी भइरहको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाशिक अवधिको वित्तीय अवस्था सकारात्मक देखिए पनि बैंकिङ प्रणालीबाट कर्जा प्रवाह भने हुन सकेको छैन । अर्को तर्फ बैंक वित्तीय संस्थाको खराव कर्जा बढ्दा बैंकहरु जटिल अवस्थामा छन् । यहि अवस्थालाई समाधान गर्नु पर्ने दवावमा राष्ट्र बैंक रहेको छ । कर्जा प्रवाह नहुँदा बैंकहरुको व्याजदर दशक यताकै सर्वाधिक तल्लो विन्दुमा झर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ । यो पनि अर्थतन्त्रका लागि सकारात्मक संकेत होइन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया