Nepal Life

आइजिआइ प्रुडेन्सियलको मुनाफा ५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 11:54
आइजिआइ प्रुडेन्सियलको मुनाफा ५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ
Sanima Reliance

काठमाडौं । आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफमा उल्लेख्य सुधार देखिएको छ । मर्जर पछि कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । 

NIMB

कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाशिक अवधिमा १८ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १२ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले गत वर्षको तुलनामा ५१.०६ प्रतिशतले मुनाफा बढाउन सफल देखिएको छ । 

कम्पनीले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ७.४३ प्रतिशतले बढाएको छ । पुस मसान्तमा कम्पनीले एक अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । पुनर्बीमा शुल्क बापत ७६ करोड ५९ लाख रुपैयाँ खर्ब भए सँगै खुद बीमा शुल्क ५१ करोड २३ लाख रुपैयाँ छ ।

कम्पनीले दीगो रुपमा सुधार गरिरहेको छ । समिक्षा अवधिमा कम्पनीले ७५ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ४ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिशेयर आम्दानी १२.१३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ रहेको छ । चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ भने । कुल पूँजीकोष भने ५ अर्ब भन्दा माथि रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया