Nepal Life

मौद्रिक समिक्षाले शेयर बजारलाई संबोधन गर्न सकेन, सम्पुर्ण नीतिगत व्यवस्था यथावत

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 20:14
मौद्रिक समिक्षाले शेयर बजारलाई संबोधन गर्न सकेन, सम्पुर्ण नीतिगत व्यवस्था यथावत
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजार लगायत कुनै पनि क्षेत्रलाई संबोधन नगरी चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समिक्षा सार्वजनिक गरेको छ ।   

NIMB

लगानीकर्ताले बैंकिङ तरलतामा सहज भए सँगै शेयरधितो कर्जाको सिमा हट्ने अपेक्षा गरेका थिए । आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ । संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया