Nepal Life

नेपाल राष्ट्र बैंक दोस्रो त्रैमासिक समिक्षामा गरेका नितिगत परिवर्तन र यसको असरहरु: मनोज ज्ञवाली

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 21:54
नेपाल राष्ट्र बैंक दोस्रो त्रैमासिक समिक्षामा गरेका नितिगत परिवर्तन र यसको असरहरु: मनोज ज्ञवाली
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समिक्षा सार्वजनिक गरेको छ । यस वर्षको अर्वाधिक मौद्रिक समिक्षामा राष्ट्र बैंकले प्रथम त्रैमाशिक समिक्षामा गरेका नीतिगत परिवर्तनलाई नै निरन्तरता दिएको छ भने केहि विषयमा मात्रै परिवर्तन गरेको छ । यसै विषयमा बैंकर मनोज ज्ञवालीको विश्लेषण । 

NIMB

नेपाल राष्ट्र बैंक ले आ.ब. २०८०/८१ सालको दोस्रो त्रैमासिक समिक्षामा गरेका नितिगत परिवर्तन र यसको असरहरु:

१. ब्याजदर करिडोर अन्तर्गतका दरहरु, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत ।

असर: केही नहूने ।

२. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याईने।

असर: अन्तर बैंक ब्याजदर र अन्य ब्याजदरको उतार चडाब केही न्युन हुने ।

३.संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने ।

असर: हाल २% विन्दुले फरक पार्नु पर्ने व्यवस्थाले संस्थागत निक्षेपकर्ताहरुले पाउने ब्याजदर औषतमा ५.७१% थियो, यो दरमा बृद्दी हुदा ईन्सोरेन्स कम्पनी जस्ता संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी बढ्ने र बैंकहरुको ब्याज खर्च केही बढ्ने तर घटिरहेको ब्याजदरको बेला नेपाल राष्ट्र बैंक को सही नितिगत निर्णय ।

४. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने ।

असर: Regulatory retail portfolio को सिमा रु १ करोड़ बाट बढ़ाएर रु २ करोड गर्दा बैंक हरुको पुजिकोषमा केही राहत हुने। बैकहरु को पोर्टफोलियो हेरेर ०.०५% देखि ०.२% सम्म पुजिकोषमा थप हुने अनुमान ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया