Nepal Life

दुर्गा प्रसाइको अराजक अभिव्यक्ति पछि एनआइसी एशिया बैंकले भन्यो ‘सम्पुर्ण वित्तीय सूचक राम्रो छ’

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 13:43
दुर्गा प्रसाइको अराजक अभिव्यक्ति पछि एनआइसी एशिया बैंकले भन्यो ‘सम्पुर्ण वित्तीय सूचक राम्रो छ’
Sanima Reliance

काठमाडौं । दुर्गा प्रसाईले सामाजिक सञ्जाल मार्फत एनआइसी एशिया बैंकको बिरुद्धमा अराजक अभिव्यक्ति दिए पछि बैंकले आफ्ना सम्पुर्ण वित्तीय सूचक सार्वजकि गरेको छ ।

NIMB

प्रसाइले ‘एनआइसी एशिया बैंक डुब्दै बचत कर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला !! संचालक भे भने सहकारीका बचत कर्ताको जस्तो हालत होला !! बेलैमा होस पुराउनु होला !’ भन्दै दुई दिन अगाडी आफ्नो फेसबुकमा पोष्ट गरेका थिए ।

उनले नेपाल राष्ट्र बैंकले नियमन गरेको एनआइसी एशिया बैंकको विरुद्धमा अराजक अभिव्यक्ति दिए पछि बैंकले आज यस आर्थिक वर्षको पौष मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकहरुमा उल्लेख्य उपलब्धी हासिल गरेको बताएका छ । बैंकले सार्वजनिक गरिएको विवरणमा भनिएको छ ‘बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा - निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङ्ग कारोवार तर्फ No. of Transaction, Transaction Volume, Customer Base, Digital Transaction Ratio लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ।’

सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरु भएको बैंकको अनवरत सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक मध्येमा पर्न हामी सफल भएको बैंकले जनाएको छ ।

यस दौरानमा बैंक प्रति अगाध स्नेह एवम् भरोसा दर्शाइ सबैको “ बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि " बन्न अतुलनिय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, शेयरधनीहरु, कर्मचारीहरु, लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति अत्यन्त अनुग्रहित हुँदै सादर नमन गरेको छ ।

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आज बैंक जहाँ छ, जे छ र जस्तो आकारको छ त्यसको सम्पूर्ण श्रेय सरोकारवाल सबैलाई जाने बैंकले उल्लेख गरेको छ ।

साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने बैंकको अठोट छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया