Nepal Life

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 14:42
मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुदैँ, माईपे वालेटबाट टिकट लिन सकिने
Sanima Reliance

काठमाडौँ । मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।

NIMB

२०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिईन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतिय टीभी चयानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकि थिइन । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकि थिइन् ।

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फाल्गुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ । हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु तथा मेनुकाका समर्थकहरु उत्साहित देखिएका छन् ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया